हाम्रो बारेमा

हाम्रो बारेमा

समुदायमा रुपैंया पैसा, मानव संसाधन एवं बौद्धिकता हुँदा हुँदै पनि छरिएर रहेका उक्त स्रोतहरुको सही रुपमा परिचालन हुन नसकेर समुदायको समय सापेक्ष विकास हुन नसकेको कुरा सवैले महसुस गरिसकेको थियौ । त्यस भित्र पनि रौतहट जिल्ला आर्थिक एवं सामाजिक पक्षमा पछि परेको जिल्लाको रुपमा थियो । सवै समस्याको वास्तविक समाधान के हो त भनेर खोज्ने क्रममा सवैले स्वीकारेको कुरो हो सहकार्य, सहमति, एकता एवं सहयात्रा सोही मर्म अनुरुप सदस्यहरुको आर्थिक सामाजिक र सांस्कृतिक विकासका लागि स्वैच्छिक एवम् स्वयमसेवी रुपमा सदस्यहरुको स्वामित्व लोकतान्त्रिक नियन्त्रण प्रणाली र फाइदाका लागि संगठित भई १११ जना शेयर सदस्यहरुको करीव रु ३१,०००००। बाट सहकारी ऐन २०४८ बमोजिम वि.सं. २०६५ साल पौष २१ गते सहकारी डिभिजन कार्यलय बीरगंज पर्सामा दर्ता नं.९८/०६५/०६६ अनुसार बिधिबत रुपमा दर्ता भै स्थानीय स्तरमा संकल्प बचत तथा ऋण सहकारी संस्था लि.को रुपमा रहनका लागि २०६५ असार २० गते तथा श्रावण १८, भाद्र २१ र २८ गते पौष १४ गते सुबलाल माबिमा बिभिन्न चरण्मा बसेर छलफल गरी संस्था स्थापना गर्ने र यस संस्थको नियम बिनियमको प्रारुप तयार पार्ने कार्य गरीएको थियो । सो अबसरमा सकिय सहभागिता जनाउने हरुमा श्री गणेश पौडेल, श्री बिभु कुमार पोखरेल, श्री बलराम प्रसाद गौतम श्री उदय प्रसाद देबकोटा, श्री अनिल कोइराला, श्री गोबिन्द तिमल्सीना, श्री बुद्दि तिमल्सीना, श्री खडग प्रसाद पौडेल, श्री युवराज पौडेल, श्री सुनिल खरेल, श्री गोपाल अधिकारी, श्री राजकुमार पौडेल, श्री संतोष गौतम, श्री शम्भु प्रसाद हुमागाई, श्री जीत बहादुर गुर्माछाने, श्री दीर्घराज काफ्ले, श्री राजु पराजुलि, श्री नेत्रहरीपौडेल, श्री निलहरी कोइराला, श्री कृष्ण चन्द्र पोखरेल, श्री देबेन्द्र अर्याल, श्री दशरथ तिमल्सीना, श्री भरत प्रसाद अधिकारी, श्री सीताराम पौडेल, श्री गोपिकृष्णा खतिवडा, श्री बासुदेब भट्टराई, श्री ज्ञान प्रसाद रेग्मि, श्री चिरन्जीबि गौतम, श्री नारायण बहादुर कार्की लगायत ब्यक्तिहरुको शुरुवात देखि नै सक्रिय सहभागिता रहेको थियो । दर्ता प्रकृया अघि बढाउनका लागि संस्थापक संचालकका रुपमा श्री गणेश पौडेल, उपाध्यक्ष, श्री बलराम प्रसाद गौतम सचिब, श्री निलहरी कोइराला कोषाध्यक्ष, श्री बिभु पोखरेल, श्री नेत्रहरी पौडेल, श्री उदय प्रसाद देबकोटा तथा श्री भानुभक्त आचार्य सदस्य रहेको समितिले संस्थाको बिनियम तयार गरी प्रक्रिया पुरयाएर दर्ता कार्य सम्पन्न गरिएको थियो ।स्थापनाको समयमा साबिकका चन्द्रनिगाहपुर, संतपुर (म.) तथा डुमरीया (म.) गा.बि.स कार्य क्षेत्र रहेको यस संस्थाको नौ सदस्य संचालक समिति र तिन जना कर्मचारीबाट शुरुवात गरिएको थियो । हाल आफ्‌नै भवनमा १५ सदस्य संचालक समीति १२ जना कर्मचारीबाट ४०६४ शेयर सदस्यलाई सेवा प्रदान गर्न सफल भएको छ । सुशासन र सदस्य केन्द्रित सहकारीका नाताले तत्कालीन डिभिजन कार्यालय, नेफ्स्कुन राष्ट्रिय सहकारी बैंक, कर कार्यालय सिमरा, मधेश प्रदेश सरकार,चन्द्रपुर नगरपालिकाबाट प्रसंसा पत्र तथा सम्मान पत्र प्राप्त गर्न सफल भएको छ । हाल २०८२।०२।३१ सम्म आइपुग्दा प्रविधिको उच्चतम प्रयोग गर्दै यस रौतहटमा पहिलो नेपालमै छैटौ सहकारीमा ए.टि.एम.सेवा दिन सफल तथा मोबाइल बैकिङ्ग, क्युआर कोड, रेमिटान्स, ट्याब बैकिङ्ग फण्ड ट्रान्सफर, सुविधा सहित सदस्यको बचत रु ५८,९६,०५,८८६ । शेयर पुजि रु ६,७५,०६,८००। तथा कर्जा लगानी रु.६२,७१,७१,३३७ । हाल रु ८२,१८,१८,१३९। को वासलात रहेको यस संस्था जिल्लाकै उत्कृष्ठ सहकारीको रुपमा स्थापित भइसकेको छ । संस्थाले आफनो १७ औ. स्थापना दिवस तथा १६औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सहकारीको मिसन

सहकारी सिद्वान्तमा रहि सम्पूर्ण वित्तिय एंवम गैर वितिय सेवा मार्फत सदस्यहरुलाई उद्यमशिल बनाई जीवनस्तर उकास्ने ।

To raise the standard of living by making members entrepreneurial through all financial and non-financial services, adhering to the cooperative principle.

हाम्रो दृष्टिकोण

हाम्रो दृष्टि भनेको समाजमा छरिएर रहेका वित्तीय, मानव र बौद्धिक स्रोतहरूलाई प्रभावकारी र दीगो रूपमा परिचालन गर्दै समुदायको समयसापेक्ष समग्र विकास सुनिश्चित गर्नु हो। हामी विश्वास गर्छौं कि सहकार्य, सहकारिता, एकता र आपसी सहयोगका माध्यमबाट मात्र आर्थिक, सामाजिक र सांस्कृतिक उन्नति सम्भव छ। हाम्रो उद्देश्य सदस्यहरूको स्वाभिमान, गरिमा र वैचारिक विकासलाई प्रोत्साहन गर्दै लोकतान्त्रिक नियन्त्रण प्रणाली अन्तर्गत उनीहरूलाई सहभागी बनाउनु हो। हामी रोल्पा जिल्लामा पहिलो सहकारी संस्था भएर स्थापना भएको गर्व महसुस गर्दै आएका छौं र यस संस्थाले सदैव उत्कृष्ट सेवा, पारदर्शिता र भरोसायोग्य आर्थिक व्यवस्थापन मार्फत सदस्यहरूको विश्वास जित्न अग्रसर रहन्छ। हाम्रो दृष्टि सदस्यहरूको बचत र लगानीलाई सशक्त बनाउँदै उनीहरूको आर्थिक क्षमता वृद्धि गर्नु, आवश्यक सहायताहरू उपलब्ध गराउनु र दीर्घकालीन वित्तीय सुरक्षा सुनिश्चित गर्नु हो। साथै, हामी हाम्रो समुदायको आर्थिक उन्नति, सामाजिक न्याय र सांस्कृतिक संरक्षणमा योगदान पु¥याउँदै रोल्पा जिल्लामा उदाहरणीय सहकारी संस्था बन्ने लक्ष्य राख्छौं। यस दृष्टिकोणले संस्थाको दीर्घकालीन विकास मात्र नभई सदस्यमाझ सहयोग, अनुशासन र सहभागी नेतृत्वको वातावरण निर्माण गर्नेछ। हामी विश्वास गर्छौं कि सदस्यहरूको मेहनत, समर्पण र तालिमले हाम्रो संस्थालाई जिल्लाभर मात्र नभई राष्ट्रिय स्तरमा पनि उत्कृष्ट सहकारीको रूपमा स्थापित गर्नेछ।

हाम्रा मुख्य सेवाहरू

संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हाल दिदै आएका सेवाहरू निम्नअनुसार रहेका छन् :

वार्षिक योजनाका उद्देश्यहरू

हाम्रो प्रतिबद्धता

दीगो विकास

हामी दीगो र उत्तरदायी विकासमा विश्वास गर्छौं। आर्थिक, सामाजिक र पर्यावरणीय दुवै पक्षलाई सन्तुलनमा राख्दै दीर्घकालीन लाभ र समुदायको समग्र उन्नतिमा योगदान पुर्याउने हाम्रो प्रतिबद्धता हो।

सहकार्य र एकता

हामी सहकार्य, सहयोग र एकतालाई संस्थाको मूल आधार मान्छौं। सदस्यहरूबीच आपसी समझदारी, सहभागिता र सामूहिक प्रयास प्रवर्द्धन गरी संगठन र समुदायको दीगो विकास सुनिश्चित गर्ने प्रतिबद्धता छ।

सदस्यको भलाइ

हामी हाम्रो सदस्यहरूको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नतिमा पूर्ण रूपमा प्रतिबद्ध छौं। उनीहरूको जीवनस्तर सुधार, आवश्यक सहयोग र अवसरको पहुँच सुनिश्चित गर्नु हाम्रो मुख्य प्राथमिकता हो।

पारदर्शिता

हामी हरेक आर्थिक र प्रशासनिक प्रक्रियामा पूर्ण पारदर्शिता कायम राख्छौं। सदस्यहरूको विश्वास र संगठनको credibility सुनिश्चित गर्दै सबै काममा स्पष्टता र जवाफदेहिताको माध्यमबाट निर्णय र कार्यान्वयन गर्ने प्रतिबद्धता छ।

फारम डाउनलोड

खाता खोल्ने फारम डाउनलोड गर्नुहोस्

शेयर सदश्य फारम डाउनलोड गर्नुहोस्

ऋण माग फारम डाउनलोड गर्नुहोस्

शेयर बचत ऋण फारम डाउनलोड गर्नुहोस्