संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा स्वागत छ

रौतहट जिल्लामा आर्थिक र बौद्धिक स्रोतलाई संगठित गरी समुदायको समग्र विकास गर्ने उद्देश्यले २०६५ सालमा संकल्प बचत तथा ऋण सहकारी संस्था स्थापना भएको हो। ३१ लाख रुपैयाँ पुँजीसहित १११ शेयर सदस्यबाट सुरु भएको संस्था हाल आफ्नै भवनबाट १५ संचालक समिति र १२ कर्मचारीद्वारा ४०६४ सदस्यलाई सेवा दिइरहेको छ। सदस्यहरुको जीवनस्तर उकास्न वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गर्दै आएको यस संस्थाले एटिएम, मोबाइल बैंकिङ, क्युआर कोड लगायत आधुनिक प्रविधिको प्रयोग गरी जिल्लामै उत्कृष्ट सहकारीको रुपमा पहिचान बनाएको छ। यसको ध्येय सहकारी सिद्धान्तमा रही सदस्यलाई उद्यमशील बनाई जीवनस्तर उकास्नु हो। परिकल्पना भनेको गुणस्तरीय, सुशासनयुक्त तथा दिगो वित्तीय सहकारी संस्था निर्माण गर्नु हो। वार्षिक योजनामा नियमित बचत, उत्पादनमूलक लगानी, सहज ऋण, सदस्यता वृद्धि, शैक्षिक कार्यक्रम, प्रविधि साक्षरता, संस्थागत क्षमता विकास तथा प्रभावकारी सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।
Sankalpa-Sahakari

आदरणीय सदस्यज्यूहरु,
रौतहट जिल्लाको समग्र विकास र समुदायमा रहेको स्रोत, साधन तथा बौद्धिक क्षमतालाई सही दिशा दिने उद्देश्यले २०६५ सालमा संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना भएको थियो। स्थापना कालदेखि नै सहकार्य, सहमति र एकताको भावना बोकी अघि बढेको हाम्रो संस्थाले आज ४०६४ शेयर सदस्यहरुको विश्वास जित्न सफल भएको छ। संस्थाले आधुनिक प्रविधिको प्रयोग गर्दै एटिएम, मोबाइल बैंकिङ, क्युआर कोड, रेमिट्यान्स, ट्याब बैंकिङ लगायतका सेवा विस्तार गरी जिल्लामै उत्कृष्ट सहकारीको रुपमा स्थापित भएको छ। हाम्रो ध्येय सहकारी सिद्धान्तमा रही सम्पूर्ण वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गर्दै सदस्यहरुलाई उद्यमशील बनाई जीवनस्तर उकास्नु हो। हामीले “गुणस्तरिय, सुशासनयुक्त तथा दिगो वित्तीय सहकारी संस्था” को परिकल्पना लिएका छौँ। त्यसअनुसार, वार्षिक योजनामा नियमित बचत संस्कार, उत्पादनमूलक र सिपमूलक क्षेत्रमा लगानी, सहज ऋण सुविधा, सदस्यता विस्तार, शैक्षिक तथा प्रविधि साक्षरता कार्यक्रम, संस्थागत क्षमता विकास र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्य तय गरेका छौँ। अन्त्यमा, यो सफलता हाम्रा संस्थापक, संचालक समिति, कर्मचारी, सदस्य तथा हितधारक सबैको निरन्तर परिश्रम र योगदानले सम्भव भएको हो। आगामी दिनमा पनि सहकार्य, पारदर्शिता र सदस्य–केन्द्रित सेवाको माध्यमबाट संस्थालाई अझै बलियो बनाउने हाम्रो प्रतिबद्धता रहेको छ। धन्यवाद।

गणेश पौडेल

अध्यक्ष

हाम्रो सेवाहरू

संकल्प बचत तथा ऋण सहकारी लिमिटेडले प्रदान गर्ने सेवाहरू यस प्रकार छन्: एक गुणस्तरीय, सुशासित र दिगो वित्तीय सहकारी।

हामीले तपाईंको लागि तयार पारेको अनलाइन बैंकिङ सेवा

तपाईंको वित्तीय यात्रामा तपाईंको विश्वसनीय सहयोगी

सहकारी प्रोफाइल

संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अश्विन मसन्ती सम्मको वित्तीय विवरण

सदस्यहरू

४८२०

कर्मचारीहरू

१२

शेयर

६८२८११००

बचत

६२७५७६७९३.७८

जगेडा कोष

५१०२३०५६.०८

जम्मा कर्जा

६७३७६९७९६.३६

ऋणी सदस्यहरू

११२१

बाल बचतकर्ता

५९६

ग्यालरी र कार्यक्रमहरू

संकल्प बचत तथा ऋण सहकारी लिमिटेडका कार्यक्रम र फोटो ग्यालरीहरू

सुरक्षित, सुविधाजनक
बैंकिङका लागि एप
डाउनलोड गर्नुहोस

एप डाउनलोड गर्नुहोस्

अनलाईन सेवा

आदरणीय सदस्यज्यूहरू , यस संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अनलाईन नगद जम्मा तथा भुक्तानीको लागि तलको QR मार्फत भुक्तानी गर्न सक्नु हुन्छ। भुक्तानी गरेको स्क्रिनसट (screenshot) लाई sankalpasaccos@gmail.com मा मेल गर्नुहुन तथा ०५५-५४०४२८ मा फोन गरी सुनिश्चित गराउन हुन अनुरोध गर्दछौ।

फारम डाउनलोड

खाता खोल्ने फारम डाउनलोड गर्नुहोस्

शेयर सदश्य फारम डाउनलोड गर्नुहोस्

ऋण माग फारम डाउनलोड गर्नुहोस्

शेयर बचत ऋण फारम डाउनलोड गर्नुहोस्